News Portal

  • उच्च अदालत बार पाटनमा एमाले-नेकपा एसनिकट कानून व्यवसायीको प्यानल विजयी

    आर्थीकसंसार संवाददाता२६ असार, २०७९
    ७२० पटक
    २६ असार, २०७९

    काठमाडौं । उच्च अदालत बार एसोसिएसन पाटनको नेतृत्वमा नेकपा एमाले-नेकपा एस निकट कानून व्यवसायी आएका छन् ।
    देशभरका बार इकाईमध्ये सबैभन्दा बढी सदस्य रहेको पाटन उच्च अदालत बार एसोसियसनमा प्रगतिशील तथा पेसागत कानून व्यवसायी संगठन (पीपीएलए) र समाजवादी पेसागत कानून व्यवसायी संगठन (एसपीएलए) को संयुक्त प्यानलबाट अध्यक्ष अधिवक्ता शान्तिराम खतिवडाको प्यानलै विजयी भएको हो ।
    हिजो भएको मतदानको नतिजाअनुसार खतिवडाले १०६६ मत ल्याउँदा अधिवक्ता रामकृष्ण शर्मा २७१ मा रोकिए । त्यस्तै उपाध्यक्षमा नारायण खरेललाई उछिन्दै अधिवक्ता रामचन्द्र न्यौपाने विजयी भए ।

    हेर्नुस् विजेता उम्मेदवारको नाम तथा मत परिणाम सूची

     

    प्रतिकृया दिनुहोस्