News Portal

  • सिर्जना फाइनान्सद्वारा प्रदेश नं. १ लाई आर्थिक सहयोग

    आर्थीकसंसार संवाददाता२९ भदौ, २०७७
    १३०५ पटक
    २९ भदौ, २०७७

    काठमाडौं । सिर्जना फाइनान्स लिमिटेडले प्रदेश नम्बर एकलाई एघार लाख सहयोग हस्तान्तरण गरेको छ । मुख्यमन्त्री शेरधन राईलाई मुख्यमन्त्रीको कार्यालय बिराटनगरमा अध्यक्ष सुयस प्याकुरेलले एघार लाखको चेक हस्तान्तरण गरेका हुन् ।
    समाजिक उत्तरदायीत्व कोष अन्तर्गत हाल कोरोना महामारीबाट आक्रान्त समाजलाई राहत तथा उपचारमा सघाउ पुर्याउन सिर्जना फाइनान्सले यो सहयोग गरेको हो ।
    कार्यक्रममा सञ्चालक सुवास आचार्य, डा. प्रमोदकुमार झा, राजीबकुमार मिश्र, बिष्णुप्रसाद पोखरेल र कार्यकारी प्रमुख वानीशंकर चापागाई र प्रभाकरकुमार देबकोटाको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्