News Portal

  • काठमाडौं उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा

    आर्थीकसंसार संवाददाता१९ असार, २०७९
    २७६ पटक
    १९ असार, २०७९

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले थप ३ वटा शाखाहरु संचालनमा ल्याएको छ।
    बैंकले काठमाडौंको ठूलो भर्याङ्ग, थली र बुढानिलकण्ठमा थप ३ वटा शाखाहरु संचालनमा ल्याएको हो । योसँगै सिटिजन्स बैंकको शाखा संख्या १७६ पुगेको छ ।
    बैंकले उक्त शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको जनाएको छ ।
    यसका साथै सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए।टि।एम।सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्