News Portal

  • उपत्यकामा ५ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि

    आर्थिकसंसार डटकम२८ भदौ, २०७७
    १०५५ पटक
    २८ भदौ, २०७७

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । आइतबारको नियमित प्रेस ब्रिफिङपछि स्वास्थ्य मन्त्रालयले जानकारी गराएको तथ्यांकअनुसार काठमाडौंमा ४ सय ८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ गरी जम्मा ५ सय ९७ संक्रमित थपिएका हुन् ।
    यस्तै बितेको २४ घण्टामा उपत्यकासहित देशभर भने १ हजार ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको छ । आजको तथ्यांकअनुसार संक्रमितमध्ये आधा बढी उपत्यकामै पुष्टि भएको हो । पछिल्लो दिनमा उपत्यकामा संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ । २४ घण्टामा १ हजार ३९ कोरोना संक्रमित थपिए
    यसैगरी आज देशभर सक्रमितको संख्या १५ हजार १ सय १७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ हजार ७३० र होम आइसोलेशनमा ७ हजार ३८७ जना रहेका छन् । पीसीआर ९ हजार १ सय ८५ जनाको भएको छ ।
    यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय ७३ जना निको भएका छन् भने निको हुनेको कुल संख्या ३८ हजार ६ सय ९७ पुगेको छ । यसैबीच आज थप ९ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३ सय ४५ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्