News Portal

  • युनिक नेपाल लघुवित्तले आईपीओ निष्काशन गर्ने

    आर्थिकसंसार डटकम२८ भदौ, २०७७
    ११६१ पटक
    २८ भदौ, २०७७

    काठमाडौं । युनिक नेपाल लघुवित्तले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । लघुवित्तले दुई करोड ७० लाख रुपैयाँ बराबरको २ लाख ७० हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
    शेयर निष्काशनसम्बन्धी सम्झौतापत्रमा युनिक नेपालको तर्फबाट कार्यकारी निर्देशक डा. गोपाल दहित र मुक्तिनाथका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) कबिन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् । लघुवित्तको हालको चुक्ता पुँजी ६ करोड ३० लाख रुपैयाँ रहेको छ । आईपीओ निष्काशनपश्चात् लघुवित्तको चुक्ता पुँजी ९ करोड रुपैयाँ पुग्नेछ । लघुवित्तको केन्द्रीय कार्यालय बाँकेको कोहलपुरमा रहेको छ ।

    प्रतिकृया दिनुहोस्