News Portal

  • लक्की ड्र मार्फत डिशहोमका ग्राहकले जिते एक लाख रुपैयाँ

    आर्थीकसंसार संवाददाता२४ जेठ, २०७९
    ४४४ पटक
    २४ जेठ, २०७९

    काठमाडौं । १ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोमका ग्राहकले १ लाख रुपैयाँ जितेका छन् । यो योजना अन्तर्गत हरेक हप्ता हुने लक्की ड्र मार्फत क्यास आइडी : ०२५६४१५३७२५ भएका ग्राहकले नगद एक लाख रुपैयाँ जित्न सफल भएका हुन् ।
    यस योजनामा डिसहोम डि.टि.एच.का ग्राहकहरुले १ बर्षको रिचार्ज गर्दा २४ महिना सम्म डिशहोम डि.टि.एच.को सेवा उपभोग गर्न पाउने सुविधा रहेको छ । साथै हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले एक लाख जित्ने अवसर समेत रहेको छ ।
    डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलर दाईकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फर मार्फत आफुले प्रयोग गरेको प्याकेजको १ बर्षको रिचार्ज गर्नुपर्ने हुन्छ ।
    यस लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपा च्यानल, तथा डिशहोम सोकेसमा हुने गर्दछ ।

    प्रतिकृया दिनुहोस्