News Portal

  • एनएमबि बैंकद्वारा नागार्जूनमा वृक्षारोपण, वातावरणस सरंक्षणमा जोड

    आर्थीकसंसार संवाददाता२४ जेठ, २०७९
    ६५३ पटक
    २४ जेठ, २०७९

    काठमाडौं । एनएमबि बैंकले मूल्य र मान्यतामा आधारित बैंकिङ्गमा अग्रसर हुँदै एनएमबि ग्रिन फिक्सड डिपोजिट अभियानको प्रतिफलस्वरुप वातावरण दिवसको अवसर पारेर श्यामेश्वर गणेशमान स्मृति सामुदायीक बन, नागार्जुनमा विभिन्न प्रकारका फलफुलका विरुवा रोपेको छ । उक्त सामुदायीक वनमा एनएमबिमा ग्रिन फिक्सड डिपोजिट भएका ग्राहकहरुको नाममा विभिन्न प्रजातीका १२५ विरुवा रोपिएको हो ।
    उक्त कार्यक्रममा सामुदायीक बनका अध्यक्ष अर्जुनराज पुरी, सहायक वन अधिकृत श्रीमती सरस्वति अर्याल, बैंकका कर्मचारीहरुलगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो । वातावरणीय संरक्षण प्रवद्र्घनको साथै वातावरणीय दायित्वप्रति सन्तुलन कायम गर्ने प्रयास स्वरुप राष्ट्रव्यापी रुपमा वृक्षारोपण गरिएको जानकारी गराइएको छ ।
    यस योजनामार्पmत ग्राहकवर्गलाई बैंकले उचित प्रतिफल प्रदान गर्ने मात्र नभई वातावरण संरक्षण र आर्थिक लाभ एकैसाथ प्राप्त गर्न सकिन्छ भन्ने सन्देशमुलक जानकारी दिइएको सम्बन्धमा बैंकले विज्ञप्तिमा जारी गरेको छ ।
    एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ ।
    एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्