News Portal

  • एनएमबिद्वारा गेरसरकारी संस्था “छोरी”मा वित्तीय साक्षरता कार्यक्रम

    आर्थीकसंसार संवाददाता२२ जेठ, २०७९
    ७७७ पटक
    २२ जेठ, २०७९

    काठमाडौं । एनएमबि बैंकद्वारा विभिन्न कारणले जोखिममा परेका महिलाहरुलाई उद्धार तथा सशक्तीकरण गर्दै आएको गैरसरकारी संस्था “छोरी”मा आवद्ध दिदीबहिनीहरुलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा छोरी संस्थाका ५५ जना महिला दिदीबहिनीहरुको उपस्थिति रहेको थियो । बैंकको लघुवित्त बिभागद्वारा आयोजित उक्त कार्यक्रमा उपस्थित दिदीबहिनीहरुलाई उत्प्रेरणाको साथैै बचत, लगानी, बिभिन्न प्रकारका कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य बिभिन्न सेवाहरुको विषयमा वित्तीय शिक्षा प्रदान गरिएको थियो ।
    उक्त कार्यक्रममा एनएमबि बैंकका तर्फबाट कर्मचारीहरु डा. बुद्धि मल्ल, शरद पौडेल, नबिन पन्थी र छोरी संस्थाकोे तर्फबाट कार्यक्रम संयोजक सारदा पुरीको उपस्थिति रहेको थियो ।
    बिगतका बर्षहरुदेखि नै महिला उद्यमशील सहुलियतपूर्ण कर्जा लगानीमा अग्रणी रहेको यस बैंकले महिला सशक्तीकरणको लागि बिभिन्न समयमा विभिन्न समूहहरु लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । छोरी संस्थाका दिदीबहिनीहरुलाई गरिएको यस कार्यक्रमले उनीहरुमा बित्तीय ज्ञान प्राप्त भई आत्मनिर्भर बन्न सघाउ भई समग्र अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव पर्ने बैंकले विश्वास लिएको छ । बैंक र छोरी संस्था दुबैले भविष्यमा पनि यस्ता बित्तीय साक्षरता कार्यक्रम तथा अन्य सम्भावित कार्यक्रमहरुमा सहकार्य गर्ने जानकारी गराएका छन् ।
    एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।
    एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्