News Portal

  • कामना सेवाको एघारौं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा

    आर्थीकसंसार संवाददाता११ जेठ, २०७९
    ८६६ पटक
    ११ जेठ, २०७९

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने नवलपरासी जिल्लाको कावसोती न.पा. वडा नं. ११ मा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।
    कावसोती न.पा. वडा नं. ११, कुडौली स्थित गुरौ किराना पसल (प्रो. हेमराज गुरौ) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । वडा नं. ११ का वडा अध्यक्ष शारदा प्रसाद अधिकारीले उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरेका हुन् । कार्यक्रममा बैंकका तर्फबाट नारयणगढ क्षेत्रीय प्रमुख सुरेन्द्र भण्डारी लगायत बैंकका अन्य कर्मचारीहरु, व्यावसायिक प्रतिनिधि तथा स्थानीयको उपस्थिति रहेको थियो ।
    शाखा रहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

    प्रतिकृया दिनुहोस्