News Portal

  • चीनलाई सार्क सदस्य बनाउन आवाज उठाउँछु : राजदूत श्रेष्ठ

    आर्थीकसंसार संवाददाता३ जेठ, २०७९
    ६०१ पटक
    ३ जेठ, २०७९

    ३ जेठ, काठमाडौं । चीनका लागि प्रस्तावित नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले चीनलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को पूर्ण सदस्यता दिलाउन आवाज उठाउने प्रतिवद्धता जनाएका छन् ।
    मंगलबार संघीय संसदको संसदीय सुनुवाइ समितिमा सुनुवाइका क्रममा उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले आफ्नो कार्ययोजनामा लिखित रुपमै चीनलाई सार्क राष्ट्रको पूर्ण सदस्यता दिलाउन आवाज उठाउने उल्लेख गरेका छन् ।
    श्रेष्ठको नाम समितिले मंगलबार नै अनुमोदन गरेको छ ।

     

    प्रतिकृया दिनुहोस्