News Portal

  • ओखलढुंगाबाट खाता खोल्यो जसपाले

    आर्थीकसंसार संवाददाता२ जेठ, २०७९
    ८७१ पटक
    २ जेठ, २०७९

    काठमाडौं । ओखलढुंगाको खिजिदेम्वा गाउँपालिकाबाट जनता समाजवादी पार्टीले खाता खोलेको छ।
    वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम अनुसार ओखलढुंगाको खिजिदेम्वा गाउँपालिकाबाट सत्ता साझेदार जसपाले पहिलो जित हात पारेको हो।
    जसपाका गम्बु शेर्पाले कांग्रेसका भुपेन्द्र बहादुर खत्रीलाई १३० मतले हराउँदै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्। शेर्पाले २८८२ मत पाउँदा बस्नेतले २७५२ मत पाएका छन्। तेस्रो भएको एमालेले १७१५ मत पाएको छ। यस्तै उपाध्यक्षमा जसपालाई हराउँदै कांग्रेसकी सुशीला तामाङले जित हात पारिन्।
    जसपाकी मानकुमारी तामाङले २२४१ मत पाउँदा कांग्रेसकी सुशिला तामाङले २८२४ मत पाइन्। तेस्रो भएको एमालेले १९९२ मत पाएकी छन्। यसअघि यो पालिकामा नेपाली कांग्रेसका वेद वहादुर रोका निर्वाचित भएका थिए। उपाध्यक्षमा यसअघि पनि कांग्रेसकी सुशिलानै निर्वाचित भएकी थिइन्।

    प्रतिकृया दिनुहोस्