News Portal

  • रोल्पाको सुनिलस्मृतिको अध्यक्षमा बुढाथोकी निर्वाचित

    आर्थीकसंसार संवाददाता२ जेठ, २०७९
    ६०९ पटक
    २ जेठ, २०७९

    रोल्पा । रोल्पाको सुनिल स्मृति गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।
    गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका मनिराम वुढाथोकीले छ हजार ६२ मत ल्याई निर्वाचित भएका छन् ।
    उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गञ्जबहादुर क्षेत्रीले तीन हजार ८९३ मत प्राप्त गरेका छन् ।
    गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी मीना थापा निर्वाचित भएकी छिन ।
    थापाले ६ हजार ३७ मत ल्याएकी छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी तेजकुमारी विष्टले तीन हजार ४०० मत पाएकी छन् ।
    सुनिल स्मृति गाउँपालिकाको वडा नं. १, ३, ४, ५, ६, ७ र ८ मा नेकपा माओवादी केन्द्र र वडा नं. २ मा नेपाली कांग्रेसका वागी (स्वतन्त्र) उमेदवार निर्वाचित भएका छन् ।

    प्रतिकृया दिनुहोस्