News Portal

  • उदयपुरगढीमा एकीकृत समाजवादीका मानबहादुर क्याप्छाकी मगर विजयी

    आर्थीकसंसार संवाददाता२ जेठ, २०७९
    ६८२ पटक
    २ जेठ, २०७९

    काठमाडौं । उदयपुरको उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका मानबहादुर क्याप्छाकी मगर निर्वाचित भएका छन् ।
    सत्तागठबन्धनका उम्मदेवार उनले ४९४२ मत ल्याएर जितेका हुन् । उनका प्रतिष्पर्धी एमालेका गोपालबहादुर खत्रीले ४११४ मत ल्याएका छन् ।
    उपाध्यक्षमा नेपाली कांग्रेसका जीतबहादुर खड्का ४६४८ मतसहित विजेता बन्दा प्रतिष्पर्धी एमालेकी शोभाकुमारी मगरले ३८६३ मत पाएकी छन् । ०७४ मा मानबहादुरले नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष जितेका थिए ।

    प्रतिकृया दिनुहोस्