News Portal

  • दुई वटा वडाको मतगणना सकिंदा रेनु दाहाललाई झिनो अग्रता

    आर्थीकसंसार संवाददाता१ जेठ, २०७९
    ९०२ पटक
    १ जेठ, २०७९

    काठमाडौं । भरतपुर महानगरपालिकाको वडा नम्बर १ र २ को मतगणना सकिँदा एकीकृत माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम गरेकी छिन् ।
    ८०८५ मत गणना गर्दा गठबन्धनबाट उम्मेदवार रेनु दाहालले २ हजार ९१८ मत पाएक छिन् ।
    एमालेका विजय सुवेदीले २ हजार ९१५ मत ल्याएका छन् । रेनु र विजयबीचको मतान्तर ३ मात्रै छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९२४ मत पाएका छन् ।
    उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसमा चित्रसेन अधिकारीले ३ हजार १९६ मत पाएकी छिन् । उपमेयरकै उम्मेदवार राप्रपाकी हिमला गुरुङले २ हजार ३१६ मत पाएकी छिन् ।

    प्रतिकृया दिनुहोस्