News Portal

  • एभरेष्ट बैंकको मोबाइल एपमा ‘नेपाल पे क्यूआर’ एकीकृत

    आर्थीकसंसार संवाददाता२७ वैशाख, २०७९
    ८०९ पटक
    २७ वैशाख, २०७९

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप, इबिएल टच २४ मा ‘नेपालपे क्यूआर’ लाई एकीकृत गरेको छ ।
    यससँगै ग्राहकहरूले अब विभिन्न भुक्तानी गेटवेमा उपलब्ध ‘नेपालपे क्यूआर’ मार्फत भुक्तानीहरू गर्न सक्नेछन् । एभरेष्ट बैंकले ‘नेपालपे क्यूआर’ को लागि व्यवसायहरू प्राप्ति गर्न पनि पहल गरेको छ।
    हाल एभरेष्ट बैंकले आफ्ना ११५ शाखा, ३१ राजश्व सङ्कलन काउन्टर, १५० एटीएममार्फत बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्