News Portal

  • सानिमा बैंकका ग्राहकलाई फलफूल तरकारीमा विशेष छुट

    आर्थिकसंसार संवाददाता२३ भदौ, २०७७
    १२१३ पटक
    २३ भदौ, २०७७

    काठमाडौं । सानिमा बैंकका ग्राहकले अनलाईनबाट तरकारी तथा फलफुल किन्दा छुट पाउने भएका छन् । सानिमा बैंकका ग्राहकले ई–कमर्स साईट खेती भेन्चरबाट तरकारी तथा फलफूल किन्दा ५ प्रतिशत छुट पाउने भएका हुन् ।
    ग्राहकले उक्त साईटबाट तरकारी तथा फलफूल किन्दा ई–बैंकिङ्ग वा क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा उक्त छुट पाउने बैंकले जनाएको छ । खेती भेन्चरले अनलाईनबाट तरकारी तथा फलफूल बैच्दै आएको छ । कम्पनीले हाल काठमाडौं र पोखरामा सेवा दिँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्