News Portal

  • सगरमाथा इन्स्योरेन्सको साधारणसभा भदौमा

    आर्थिकसंसार संवाददाता
    ८७९ पटक

    काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको २३औं वार्षिक साधारणसभा भदौ १३ गते हुने भएको छ । कम्पनीको प्रधान कार्यालय नक्साल, काठमाडौंमा उक्त साधारणसभा विहान १० बजे हुने भएको छ ।
    साधारण सभाले आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७६÷७७ को लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक समेत निर्धारण गर्नेछ । यस कम्पनीले मर्जर तथा प्राप्तीको विषय पनि सभामा छलफलका लागि तय गरेको छ । यदि कम्पनी अन्य कुनै बीमा कम्पनीसँग मर्जर तथा प्राप्तीमा जाने भएमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गर्नेछ ।
    साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन २८ देखि भदौ १३ गतेसम्म बुक क्लोज गर्ने बताएको छ । यस आधारमा साउन २७ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्