News Portal

  • नेपाल एग्रो ४ औं वर्ष पूरा गरी ५ औं वर्षमा प्रवेश

    आर्थीकसंसार संवाददाता२३ भदौ, २०७७
    ६१९ पटक
    २३ भदौ, २०७७

    काठमाडौं । कास्की जिल्लाको पोखरा केन्द्रीय कार्यालय रहेको नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले आफ्नो स्थापनाको चार वर्ष पुरा गरी पाँचौ वर्ष प्रवेश गरेको छ । २०७३ भाद्र महिनादेखि नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त गरि वित्तीय कारोबार सञ्चालन गरिरहेको यस संस्थाले ग्रामिण भेगका बस्तीहरुका आर्थिक र सामाजिक रुपमापछि परेका महिलाहरुलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको छ ।
    संस्थाले आ.व ०७६/०७७ मा आफ्नो चुक्ता पुँजीलाई ५ करोड ७२ लाख पुर्याउन सफल भएको छ भने । कास्की, पर्वत, वाग्लुङ, गुल्मी, प्युठान, रोल्पा, सल्यान, पाल्पा, तनहुँ, र लम्जुङ गरी १० जिल्लामा २६ वटा शाखा कार्यालयहरु संचालन गरी १९ हजार ७ सय सदस्यहरुको घर परिवारमा वित्तीय सेवा पुर्यारहेको छ ।
    संस्थाले सदस्यहरुबाट २६ करोड ८४ लाख ६६ हजार बचत संकलन गरि ७५ करोड १० लाख २९ हजार कर्जा प्रवाह गरिरहेको संस्थाका प्रमुख कार्य सञ्चालन तथा कर्जा विभाग प्रमुख नयन देवकोटाले जानकारी दिए । संस्थाका नि.प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले वित्तीय संस्थाको ५औं वार्षिकोत्सवको अवसरमा सम्पूर्ण शेयरधनी, सदस्यहरु, नेपाल राष्ट्र बैंकलाई धन्यवाद दिएको संस्थाले बताएको छ ।

    प्रतिकृया दिनुहोस्