News Portal

  • आईएमई लाइफ इन्स्योरेन्स साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता१४ वैशाख, २०७९
    ८३५ पटक
    १४ वैशाख, २०७९

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारणसभा बुधबार काठमाडौंको होटल र्‍याडिसनमा सम्पन्न भएको छ ।
    साधारणसभा मार्फत कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गरेको छ ।
    साथै आईएमईलाइफ इन्स्योरेन्सको मर्जरसम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न स्वीकृत गरेको छ ।
    सभामा बोल्दै सभाका सभापति डा रामहरि अर्यालले बीमा व्यसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बीमा व्यवसायसम्बन्धी साक्षरताको अभाव रहेको भएता पनि कम्पनीले सो विषयलाई अवसरको रुपमा लिई न्यूनभन्दा न्यून आयस्रोत भएका जनमानसमा बीमाको पहुँच पुर्‍याउन कटिबद्ध रहेको बताए ।
    सभामा कम्पनीका सञ्चालक समितिका सदस्यहरु, संस्थापक शेयरधनीहरू, व्यवस्थापन समिति तथा अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

     

    प्रतिकृया दिनुहोस्