News Portal

  • गरिमा क्यापिटलको १६ प्रतिशत लाभांश पारित

    आर्थीकसंसार संवाददाता१२ वैशाख, २०७९
    ८५७ पटक
    १२ वैशाख, २०७९

    काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको छैटौं वार्षिक साधारणसभाले लाभांश पारित गरेको छ ।
    शुक्रबार बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न सभाले चुक्ता पुँजी ११ करोड ८१ लाख रुपैयाँको १५.६५ प्रतिशतले हुन आउने रकम ए करोड ८४ लाख ८३ हजार ८९५.९३ रुपैयाँ नगद लाभांश (करसहित) पारित गरेको हो ।
    सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने पाँचजना सञ्चालकको निर्विरोध निर्वाचित गरेको छ। सञ्चालकमा चयन हुनेहरुमा दीपक पाण्डेय, रमाकान्त बराल, यादवकुमार श्रेष्ठ, माधवप्रसाद उपाध्याय र अनिल श्रेष्ठ छन्। सभालगत्तै बसेको सञ्चालक समितिको बैठकबाट दीपक पाण्डेय अध्यक्ष पदमा मनोनयन भएका छन्।
    साथै, सभाले आव २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आव २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ।

     

    प्रतिकृया दिनुहोस्