News Portal

  • यी हुन् महानगर र उपमहानगरमा नेकपा एमालेका उम्मेदवार

    आर्थीकसंसार संवाददाता१० वैशाख, २०७९
    ८६० पटक
    १० वैशाख, २०७९

    काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा ६ महानगर र ११ उपमहानगर पालिकामध्य ५ महानगरको प्रमुख र ९ उपमहानगर पालिकाको उम्मेदवारको चयन गरेको छ । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको बैठकले महानगरको प्रमुख र उपमहानगर पालिकाको उम्मेदवार छनोट गरेको हो ।
    महानगरमा को–को छन् ?
    १. काठमाडौं– प्रमुखः केशव स्थापित र उपप्रमुखः सुनिता डंगोल
    २. ललितपुर– प्रमुखः हरिकृष्ण व्यञ्जनकार र उपप्रमुखः मञ्जली शाक्य बज्राचार्य ।
    ३. पोखरा– प्रमुखः दीपक पौडेल र उपप्रमुखः मञ्जु देवी गुरुङ ।
    ४. भरतपुर– प्रमुखः विजय सुवेदी र उपप्रमुखः बाँकी ।
    ५. वीरगञ्ज– प्रमुखः विजय सरावगी र उपप्रमुखः बाँकी ।
    ६. विराटनगर– प्रमुखः बाँकी र उपप्रमुखः बाँकी
    त्यसैगरी ११ वटा उप–महानगरपालिकामा एमालेको तर्फबाट छानिएका उम्मेदवारहरू यस प्रकार रहेका छन् ।
    १. इटहरीः प्रमुख यमकुमार सुब्बा र उपप्रमुख संगीता चौधरी
    २. धरानः प्रमुख मञ्जु काफ्ले र उपप्रमुख पदम लिम्बु
    ३. जनकपुरः प्रमुख बाँकी र उपप्रमुख बाँकी ।
    ४. हेटौंडाः प्रमुख अनन्त पौडेल र उपप्रमुख सुमित्रा काफ्ले ।
    ५. कलैयाः प्रमुख विनोद साह र उपप्रमुख बाँकी ।
    ६. जितपुर सिमराः प्रमुख बाँकी र उपप्रमुख बाँकी ।
    ७. बुटवलः प्रमुख बाबुराम भट्टराई र उपप्रमुख सावित्रा देवी अर्याल ।
    ८. तुल्सीपुरः प्रमुख टीकाराम खड्का र उपप्रमुख स्यानी चौधरी ।
    ९. घोराहीः प्रमुख नरुलाल चौधरी र उपप्रमुख मनकुमारी डिसी
    १०. नेपालगन्जः प्रमुख पशुपति दयाल मिश्र र उपप्रमुख शान्तिदेवी ढकाल ।
    ११. धनगढीः प्रमुख रणबहादुर चन्द र उपप्रमुख कन्दकला राना थारु छन् ।

    प्रतिकृया दिनुहोस्