News Portal

  • उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर बाँडफाँड

    आर्थीकसंसार संवाददाता९ वैशाख, २०७९
    ५१४ पटक
    ९ वैशाख, २०७९

    काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रति शेयर अंकित मुल्य रु.१००।— दरका सर्वसाधारणलाई छुट्याइएको २,३६,२५० कित्ता शेयरमध्ये ३,२८१ कित्ता कम्पनीका कर्मचारीहरुलाई र ११,८१३ कित्ता सामूहिक लगानी कोषहरुलाई वाँडफाँड गरी बाँकी रहेको २,२१,१५६ (दुई लाख एक्काइस हजार एक सय छपन्न) कित्ता साधारण शेयरहरुको आज मिति २०७९ बैशाख ९ गते शुक्रबार बाँडफाँड गरिएको छ । कम्पनीले २०७८ चैत २५ गते देखि २०७८ चैत ३० गतेसम्म सर्वसाधारणका लागि निष्काशन खुल्ला गरिएको साधारण शेयरहरु मंगलबार बाँडफाँड गरेको हो ।


    सर्वसाधारणका लागि छुट्याईएको शेयरका लागि २३,४९,०५६ योग्य आवेदक मध्येबाट गोलाप्रथाको माध्ययमवाट २२,११५ जना सफल आवेदनकर्ता गोलाप्रथाको माध्यमबाट छनौट गरी प्रत्येक सफल आवेदनकर्तालाई १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको छ । साथै शेयर बाँडफाँडमा परेका २२,११५ जना मध्ये १० कित्ता भन्दा बढी शेयर माग गरेका आवेदकहरु मध्येबाट गोलाप्रथाको माध्यमबाट ६ जनालाई थप १÷१ कित्ता शेयर बाँडफाँड गरिएको छ ।
    नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यस मर्चेन्टले धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक, लगानी व्यवस्थापक, शेयर रजिष्टार, संस्थागत परामर्श, अन्डरराईटिङ्ग जस्ता सेवा प्रदान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्