News Portal

  • विवेकशिल साझाको काठमाडौँ महानगरपालिका लागि चुनावी प्रतिज्ञा-पत्र सार्वजनिक

    बिजुलीका गाडीमा ३ वर्षसम्म कर छुटदेखि मेट्रोरेल चलाउनेसम्म

    आर्थीकसंसार संवाददाता३ वैशाख, २०७९
    ५९८ पटक
    ३ वैशाख, २०७९

    काठमाडाैं । विवेकशील साझाले काठमाडौँ महानगरपालिका लागि चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ । शनिवार पत्रकार सम्मेलन मार्फत आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मेयर र उपमेयरका उम्मेदवार सहित प्रतिज्ञा पत्र सार्वजनिक गरिएको हो ।
    कार्यक्रममा मेयरकी उम्मेदवार समीक्षा बास्कोटाले विवेकशील साझाले उमेरका हिसाबले र महिला सशक्तीकरणका हिसाबले ४० वर्षमुनिको युवा महिला र ६० वर्षमाथिको अर्को महिलालाई उम्मेदवारको रूपमा अघि सारेको बताइन् । उनले महानगरका लागि दुवै जना महिला उम्मेदवार उठाएर एउटा उपलब्धि हासिल गरिसकेको दाबी गरिन् ।
    प्रतिज्ञा पत्रमा  निजी क्षेत्रसँगको सह(लगानीमा काठमाडौँभित्र बिजुलीले चल्ने ठुला तथा मझौला आकारका सार्वजनिक यातायात व्यवस्थित र भरपर्दो ढंगले सञ्चालन गरिने,  ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सरकारी कर्मचारी र विद्यार्थीहरूलाई महानगरको संलग्नतामा संचालन गरिने सार्वजनिक यातायातको प्रयोग नि: शुल्क गरिने,  डिजेल र पेट्रोलबाट चल्ने सार्वजनिक यातायातलाई क्रमशः विस्थापित गर्दै लगिने उल्लेख छ ।
    यस्तै, बिजुलीले चल्ने यातायातमा रूपान्तरण गर्ने संस्था/कम्पनीलाई महानगर अन्तर्गतका सबै कर तीन वर्षका लागि मिनाहा गरिने,  महानगरमा बढ्दो ट्राफिक जामको समस्या कम गर्न र काठमाडौँको सार्वजनिक यातायात प्रणालीलाई थप प्रभावकारी बनाउन केवल कार, मेट्रो रेल, द्रुत बस जस्ता प्रणालीहरूको प्राविधिक, आर्थिक र वातावरणीय पक्षहरूको सूक्ष्म अध्ययन गरि विस्तृत परियोजना प्रतिवेदन यथाशीघ्र तयार गरि काम सुरु गरिने उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्