News Portal

  • महालक्ष्मी विकास बैंकद्धारा लक्ष्मी आदर्श युवा क्लबलाई सहयोग

    आर्थीकसंसार संवाददाता३ बैशाख, २०७९
    ८१० पटक
    ३ बैशाख, २०७९

    काठमाडौं । महालक्ष्मी विकास बैंकको शिशुवा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत लक्ष्मी आदर्श युवा क्लब, पोखरा २७ र ३० ज्यामिरकुना, शिशुवालाई डस्टबिन सहयोग गरेको छ ।
    बैंकको शिशुवा शाखाले लक्ष्मी आदर्श युवा क्लबलाई १० थान डस्टवीन हस्तान्तरण गरेको हो । शिशुवा वरपर रहेको फोहोरमैला व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत डस्टबीन हस्तान्तरण गरिएको बैंकका शिशुवा शाखा प्रबन्धक बिमल बास्तोलाले जानकारी दिए ।
    बैंकले हाल १०३ शाखाहरुबाट कोर बैंकिङ्गका सेवाहरु मात्र नभई विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरुलाई प्रभावकारी रुपले निरन्तर रुपमा सञ्चालन गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्