News Portal

  • नयाँ वर्षमा एनआईबिएल एस क्यापिटलले ल्यायो आकर्षक योजना

    आर्थीकसंसार संवाददाता१ वैशाख, २०७९
    ३६६ पटक
    १ वैशाख, २०७९

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको पुर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले नयाँ वर्ष २०७९ को पावन अवसरमा सम्पूर्ण नेपाली लगानीकर्ताहरु माझ विभिन्न आकर्षक योजनाहरु (अफर) ल्याएको छ ।
    यस क्यापिटलले प्रदान गर्दै आइरहेको सेवाहरुमा विशेष छुटका साथै, २ हजार रुपैयाँमा जीवनभरलाई डिम्याट र मेरो शेयर नविकरण गर्ने मौका, नयाँ तथा पुराना हितग्राही खाता दुबैलाई लागु हुनेछ । लगानी व्यवस्थापन सेवामा आबद्ध भई पहिलो वर्षमा ७० प्रतिशत वार्षिक शुल्क छुट , व्यवस्थित लगानी योजना तथा इकाई खरिद गरी ९ जना भाग्यशाली विजेताले २०७९ बरावरको एनआईबिएल सहभागिता फण्डको इकाई जित्ने मौका ल्याएको छ ।
    यस योजना २०७९ साल बैशाख १ गते देखि २०७९ साल असार १७ गते (७९ दिन) सम्मको लागि, लागु हुने यस क्यापिटलले बताएको छ ।

    प्रतिकृया दिनुहोस्