News Portal

  • मेगा बैंककी कामु सीईओ श्रेष्ठ सरकारबाट विभुषित, पाइन् प्रबल जनसेवाश्री

    आर्थीकसंसार संवाददाता१ वैशाख, २०७९
    ६२२ पटक
    १ वैशाख, २०७९

    काठमाडौं । मेगा बैंक नेपालकी कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) रविना देशराज श्रेष्ठ विभुषित भएकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख १ गते बिहीबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा कामु सीईओ श्रेष्ठलाई प्रबल जनसेवाश्री (चुतर्थ) प्रदान गरी विभुषित गरेको हो ।
    नेपाल सरकार, मन्त्रिपरिषद्ले गत असोज ३ गते संविधान दिवस २०७८को अवसरमा बैंकिङ क्षेत्रका तर्फबाट श्रेष्ठलाई विभुषण प्रदान गर्ने घोषणा गरेको थियो ।
    मेगा बैंक संचालक समितिको बुधबारको बैठकले उनलाई कायममुकायम सीईओको जिम्मेवारी समेत प्रदान गरेको छ । कामु सीईओ श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन् । यसअघि पनि उनले एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चार वटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान पाइसकेकी छिन् ।
    ३१ बर्षदेखि नेपालको बैंकिङ क्षेत्रमा सेवारत श्रेष्ठ बिजनेश र ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने बैंकर हुन् । भारतको कोलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गरेकी श्रेष्ठले त्यसपछि स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा समेत काम गरेकी थिइन् ।

     

    प्रतिकृया दिनुहोस्