News Portal

  • राबा बैंकका सबै ग्राहकको खाता नम्बर परिवर्तन

    आर्थिकसंसार संवाददाता२१ भदौ, २०७७
    ६५७ पटक
    २१ भदौ, २०७७

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्ना सबै ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । बैंकले यसअघि १२ अंकको खाता नम्बर थियो सोही खाता नम्बर परिवर्तन गरेर १६ अंकको बनाएको जनाएको छ ।
    बैंकले एसएमएस सेवा लिएका ग्राहकलाई मोबाइलमा एसएमएस पठाएर नयाँ खाता नम्बरबारे जानकरी गराई सकिएको जनाएको छ । त्यस्तै बैंकले मोबाइल बैंकिंग र इन्टरनेट बैंकिंग सेवाबाट पनि नयाँ खाता नम्बर थाहा पाउने ब्यबस्था गरिएको एक सूचनामार्फत जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्