News Portal

  • ‘गभर्नर अधिकारीलाई लगाइयो आधारहीन आरोप’: बैंक तथा वित्तीय संस्थाका कर्मचारी संगठन

    आर्थीकसंसार संवाददाता२७ चैत्र, २०७८
    ९४५ पटक
    २७ चैत्र, २०७८

    काठमाडौं । विभिन्न बैंक तथा वित्तीय संस्थाका कर्मचारी संगठनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई आधारहीन आरोप लगाइएको बताएका छन् ।
    आइतबार नेपाल राष्ट्र बैंक कर्मचारी संघ, संचयकोष कर्मचारी संगठन, राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ, नेपाल बैंक कर्मचारी संघ र कृषि विकास बैंक कर्मचारी संघले संयुक्त रुपम विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।
    उनीहरुले अर्थ मन्त्रालय र सरकार हलो अड्काउने र गोरु चुट्ने नीति अख्तियार गर्ने र केन्द्रीय बैंकको स्वायत्ततामाथि नाङ्गो हस्तक्षेप गर्दै गैरकानूनी निर्देशन दिन मै केन्द्रित भएको आरोप लगाएका छन् ।
    उनीहरूले केन्द्रीय बैंकको स्वायत्ततालाई सम्मान गर्दै जारी हस्तक्षेप बन्द गर्न र अधिकारीलाई कारबाही तत्काल फिर्ता लिन माग गरेका छन् ।
    ‘यस्ता प्रवृत्तिहरु नरोकिने र नसच्चिने हो भने समग्र अर्थतन्त्रको स्वस्थता र वित्तीय प्रणालीको स्थायित्वको लागि ट्रेड युनियन अधिकारको प्रयोग गर्न बाध्य हुने छौं । यसबाट आउनसक्ने सबै परिणामको जिम्मेवारी सम्बन्धित निकाय तथा पदाधिकारी स्वयंले लिनुपर्ने व्यहोरासमेत जानकारी गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

    प्रतिकृया दिनुहोस्