News Portal

  • जीवन विकास लघुबित्तको संचालकमा गोकर्ण खतिवडा र अशोक सिटौला निर्वाचित

    आर्थीकसंसार संवाददाता२६ चैत्र, २०७८
    ७८४ पटक
    २६ चैत्र, २०७८

    काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सञ्चालक पदमा सर्वसाधारण समुहबाट गोकर्ण खतिवडा र अशोक सिटौला निर्वाचित भएका छन् ।
    गोकर्ण खतिवडा पुर्ब पत्रकार र संस्थाकै पुर्ब संचालक हुन भने सिटौला प्रभु क्यपिटलका संस्थापक र पिपुल्स पावर लिमिटेडका पुर्ब आयोजना प्रमुख हुन् । संस्थाको आज सम्पन्न तेस्रो वार्षिक साधारणसभाले दुई सञ्चालकको निर्वाचनलाई अनुमोदन गरेको छ ।
    आज सम्पन्न भएको साधारणभाले चुक्ता पूँजीको ७० प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजन सहित ३.६८ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ ।

    प्रतिकृया दिनुहोस्