News Portal

  • ‘समिट वुमन अफ दी इयर २०२२’ बाट लम्साल पुरस्कृत

    आर्थीकसंसार संवाददाता१९ चैत्र, २०७८
    ७७६ पटक
    १९ चैत्र, २०७८

    ललितपुर । युवा महिला उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको ‘समिट वुमन अफ दी इयर २०२२’ बाट स्वीट फिक्सकी संस्थापक कृतिका लम्साल पुरस्कृत भएकी छन् ।
    उद्यमशीलता प्रवद्र्धनमा संलग्न ‘ओपन स्पेस नेटवर्क’को आयोजना र ‘आइएनजी ग्रुप’को प्रस्तुतिमा सम्पन्न समिट वुमन अफ दी इयर २०२२ बाट प्राकृतिक फलफूल र स्थानीय सामग्रीबाट ‘पप्सिकल्स’ बनाउँदै आएकी लम्साललाई पुरस्कृत गरिएको हो ।
    लम्साललाई एक लाख रुपैयाँ नगद र हिराको लकेटले प्रदान गरिएको छ ।
    त्यसैगरी, समिट वुमन अफ दी इयर २०२२ को उत्कृष्ट ७ मा रहन सफल ‘लुक्ला आउटडोर’की आङछेची शेर्पा, खानपिनकी सहसंस्थापक तथा प्रबन्ध निर्देशक ईशा बल्ला, ग्लोकल एकाडेमी अफ स्किल्स प्रालिकी सहसंस्थापक तथा प्रबन्ध निर्देशक काजोल झा ठाकुर, दी मल्ल इन्ककी सजल मल्ल, ह्याप्पी माइन्ड्स्की संस्थापक तथा प्रबन्ध निर्देशक श्रेया गिरी र बिहे नेपालकी सहसंस्थापक श्रेया कटुवाललाई पनि सम्मान गरिएको छ ।
    आईएनजी ग्रुपका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकी, आईडीईका नेपाल निर्देशन कोरी ओहारा, एब्सोल्युट एस्थेटिक क्लिनिकका सञ्चालक डा. श्रुजना श्रेष्ठ र नेपाल कलेज अफ ट्राभल एण्ड टुरिजम्का संस्थापक छाया शर्मा निर्णायक रहेकी थिइन् ।
    ओपन स्पेस नेटबर्ककी संस्थापक फैजा परवीनले ३० वर्षमुनिका महिला उद्यमीलाई पुरस्कृत गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताइन् । उनका अनुसार सात प्रदेशका १५ सहरबाट कुल ८१ जनाले पुरस्कारका लागि आवेदन परेको थियो ।

     

    प्रतिकृया दिनुहोस्