News Portal

  • अन्तर्राष्ट्रिय सोलार अलायन्सदेखि पेट्रोलियम पदार्थ सहज आपूर्तिसम्म नेपाल भारतबीच ४ विषयमा सम्झौता

    आर्थीकसंसार संवाददाता१९ चैत्र, २०७८
    ८५६ पटक
    १९ चैत्र, २०७८

    काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा विभिन्न चार वटा सम्झौता भएको छ।
    शनिबार प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्ता पछि भएको प्रतिनिधिमण्डलस्तरीय छलफलपछि चारवटा सम्झौतामा हस्ताक्षर भएको हो।
    दुई देशबीच भएका चारवटा सम्झौतामा नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार अलायन्स, रेल्वेसम्बन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक विज्ञता आदानप्रदान रहेका छन्।
    संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटमा पञ्चेश्वर परियोजनालाई तीव्र गतिमा अघि बढाउने सहमति भएको बताएका छन् ।
    मोदीले नेपालका प्रधानमन्त्री देउवा र आफ्नो बीचमा सबै विषयमा कुराकानी भएको बताए । आपसी सहयोग, विकास परियोजनाहरुको अहिलेसम्मको समीक्षा र भविष्यको रुपरेखाबारे पनि छलफल भएको उनले बताए । उनले अघि भने, ‘पावर सेक्टरमा सहयोगको अवसरको लाभ लिनुपर्छ भन्नेमा हामी सहमत भएका छौं । पञ्चेश्वर तीव्र गतिमा अगाडि बढाउन जोड दियौं । यो क्षेत्रको विकासका लागि गेम चेन्जर परियोजना हुनेछ ।’
    यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भएको भेटमा सीमा समस्याबारे छलफल गरेको बताएका छन्  ‘हामीले सीमा समस्याबारे छलफल गरेका छौं  र, मैले यसलाई द्विपक्षीय संयन्त्रहरुमार्फत समाधान गर्न प्रस्ताव गरेको छु,’ उनले पत्रकार सम्मेलनमा भनेका छन् ।

    प्रतिकृया दिनुहोस्