News Portal

  • गुहेश्वरी फाइनान्सको नयाँ शाखा पोखराको न्यूरोडमा

    आर्थिकसंसार संवाददाता१९ भदौ, २०७७
    ४०६ पटक
    १९ भदौ, २०७७

    काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले २०औं शाखाको रुपमा कास्की जिल्लाको पोखरा न्यूरोडमा शाखा विस्तार गरेको छ । संस्थाका गण्डकी प्रदेशका क्षेत्रीय प्रबन्धक विज्ञान गौतमको समुपस्थितिमा पोखरा–९, न्यूरोडमा २०औं शाखा कार्यालयको सुरुवातपछि संस्थाको २० वटा शाखा कार्यालयहरु र २ वटा एक्सटेनसन काउन्टरहरु सञ्चालनमा आएको छ ।
    प्रदेश नम्बर एकमा ४ वटा, प्रदेश नम्बर दुईमा ५ वटा शाखा कार्यालय र १ वटा एक्सटेन्सन काउन्टर, बागमती प्रदेशमा ६ वटा शाखा कार्यालय र १ वटा एक्सटेन्सन काउन्टर र ५ नम्बर प्रदेशमा ४ वटा शाखा कार्यालयहरु रहेकोमा हाल पोखरामा विस्तार भएको हो । उक्त वित्तीय संस्थाको चुक्ता पुँजी तथा जगेडा कोषमा १ अर्ब १९ करोड रहेको छ । साथै निक्षेप संकलन रु. ५ अर्ब १३ करोड तथा कर्जा लगानी रु. ३ अर्ब ७९ करोड प्रवाह भएको छ ।

    प्रतिकृया दिनुहोस्