News Portal

  • देशभर थप १३ हजार ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    आर्थिकसंसार संवाददाता१९ भदौ, २०७७
    ५८२ पटक
    १९ भदौ, २०७७

    काठमाडौं । वितेको पछिल्लो २४ घण्टामा देशभर थप १३ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा महिला ४ सय ६४ र पुरुष ८ सय ९५ रहेका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
    यस्तै काडमाडौं उपत्यकामा मात्रै ४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गौतमले काठमाडौंमा ३ सय ८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
    यस्तै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ७ सय ०४ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा १० हजार ९ सय ४२ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ४ सय ६२ जना रहेका छन् ।
    यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५४ जना निको भएका छन् भने कुल निको हुनेको संख्या २५, हजार ५ सय ६१ पुगेको छ । कोरोनाबाट थप १४ जनाले गुमाएपछि मृतकको संख्या २ सय ७१ पुगेको छ ।
    आजसम्म पीसीआर विधिबाट ७ लाख ४५ हजार ४ सय ९० परीक्षण भएको छ । हालसम्म प्रदेशगत रुपमा प्रदेश नम्बर १ मा २ हजार १, प्रदेश नम्बर २ मा ७ हजार ३ सय ५७, बागमती प्रदेशमा २ हजार ६७ र गण्डकी प्रदेशमा १ हजार ७ सय १७ जना संक्रमणमुक्त भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ५ हजार २ सय ७६, कर्णाली प्रदेशमा २ हजा १ सय ३७ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ६ जना गरी देशभरी २५ हजार ५ सय ६१ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।
    सक्रिय संक्रमितको संख्या देशभरी १८ हजार ४ सय ४ जना रहेको छ । प्रदेश नम्बर १ मा १ हजार १ सय १६, प्रदेश नम्बर २ मा ७ सय ५२, बागमती प्रदेशमा ५ हजार ५ सय ७५ र गण्डकी प्रदेशमा ७ सय ८० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ जहार २ सय ५६, कर्णाली प्रदेशमा ४ सय ६१ र सुदूरपश्चिम प्रदेशमा १ हजार २ जना गरी देशभरी संस्थागत आइसोलेसनमा १० हजार ९ सय ४२ जना उपचाररत रहेका छन् ।
    यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ७ सय ३८, प्रदेश नम्बर २ मा ३ हजार ७ सय ५७ बागमती प्रदेशमा २ हजार ३ सय १५ र गण्डकी प्रदेशमा ४३ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ सय १९, कर्णाली प्रदेशमा ३९ र सुदूरपश्चिम प्रदेशमा १ सय ५१ जना गरी देशभरी होम आइसोलेसनमा ७ हजार ४ सय ६२ जना संक्रमित रहेका छन् ।
    प्रदेश नम्बर १ मा ५, प्रदेश नम्बर २ मा २८, बागमती प्रदेशमा ९०, गण्डकी प्रदेशमा ५, प्रदेश नम्बर ५ मा २० र कर्णालीमा ३ जना गरी देशभरी १ सय ५१ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर १ मा ३, बागमती प्रदेशमा १९ र प्रदेश नम्बर ५ मा ४ जना गरी २६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् । आज क्वारेन्टिनमा ६ हजार ५ सय ६१ जना रहेका छन् ।

    प्रतिकृया दिनुहोस्