News Portal

  • नेपाल बैंकको एक्सटेन्सन काउन्टर भीमेश्वर नगरपालिकामा विस्तार

    आर्थीकसंसार संवाददाता१५ चैत्र, २०७८
    ७२० पटक
    १५ चैत्र, २०७८

    काठमाडौं । नेपाल बैंकले आफ्नो ५०औं एक्सटेन्सन काउन्टर दोलखा चरिकोट स्थित भीमेश्वर नगरपालिकाको कार्यालय परिसरबाट शुरु गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्याल र भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरतबहादुर के.सी.ले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरी उक्त एक्सटेन्सन काउन्टरको उद्धघाटन गरेका हुन् ।
    कार्यक्रमका प्रमुख अतिथि महालेखा नियन्त्रक एवं बैंक सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्यालले काठको कन्तुरबाट शुरु भएको बैंकको इतिहास डिजिटल बैंकिङसम्म आईपुगेको र बैंकले बढ्दो प्रतिस्पर्धामा आफुलाई अब्बल राख्न सामिप्यताको सिद्घान्त अबलम्वन गरेको बताए ।
    उक्त अवसरमा जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले जिजु बाजेको बैंकले नाति पनातिको पुस्तालाई जोड्न सकेकोमा खुसी व्यक्त गरे । त्यसैगरी भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरतबहादुर के।सी।ले नगरपालिका भित्रका नागरिकलाई गुणस्तरीय एवं छिटो छरितो सेवा प्रदान गर्न कार्यालय परिसर भित्रै बैंकको एक्सटेन्सन काउन्टर स्थापना गरिएको र बैंकको एक्सटेन्सन काउन्टर स्थापनाले समृद्ध भीमेश्वर स्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
    बैंकका प्रमुख कार्याकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंकले भीमेश्वर नगरपालिकाका नागरिकलाई उच्च प्राथमिकतामा राखी कार्यालय परिसरमा नै एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको र यसले बैंक र नगरपालिका बीचको सम्बन्धलाई थप उचाईमा पु¥याउने छ भन्ने विश्वास व्यक्त गरेका छन्।

    प्रतिकृया दिनुहोस्