News Portal

  • जोन्टा क्लब अफ काठमाडौंमा राष्ट्रपति भण्डारीको सम्बोधन

    आर्थीकसंसार संवाददाता१५ चैत्र, २०७८
    ३६२ पटक
    १५ चैत्र, २०७८

    काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले जोन्टा इन्टरनेशनल र जोन्टा डिस्ट्रिक्ट २५ का प्रतिनिधिहरू सम्मिलित जोन्टा क्लब अफ काठमाडौंको एरिया २ बैठकलाई सम्बोधन गर्नुभएको छ । प्रतिनिधिहरूले जोन्टा इन्टरनेशनल, जोन्टा डिस्ट्रिक्ट २५ र जोन्टा क्लबहरूले महिला र बालिका सशक्तिकरणका लागि गरेका विभिन्न कार्यहरूबारे राष्ट्रपति महोदयलाई जानकारी गराएका थिए । बैठकमा सम्माननीय राष्ट्रपतिले महिला र बालबालिकाका लागि देशको प्राथमिकताका बारेमा आफ्नो बहुमुल्य सुझाव प्रदान गर्नुभयो ।


    जोन्टा क्लबको एरिया २ (नेपाल र बंगलादेश) को डिस्ट्रिक्ट २५ को बैठक “शिक्षा, सशक्तिकरण र प्रबुद्धता” थिम सहित काठमाडौँमा सम्पन्न भएको छ । बैठकको उद्घाटन गभर्नर जेडटीएन एरिक इलाभियाले गरेका थिए । लेफ्टिनेन्ट गभर्नर जेडटीएन सिर्जना राणाले डिस्ट्रिक्ट २५ मा सहभागीहरूलाई जोन्टा सदस्यता संख्याको बारेमा जानकारी दिँदै क्लबका कार्यक्रमहरूमा सदस्यहरूलाई संलग्न गराउने र उत्प्रेरित राख्ने तरिकाहरूबारे प्रकाश पार्नुभयो । बैठकमा बंगलादेश, भारत, इटाली र नेपालका ७९ सदस्य सहभागी थिए । बंगलादेशका एरिया डाइरेक्टर जेडटीएन मोमताज चौधरी रअरु ८ वटा क्लबका प्रेजिडेन्टहरुले पनि बंगलादेश र नेपालमा महिला सशक्तिकरणका लागि विभिन्न क्लबहरूले गर्दै आएका परियोजनाहरूबारे संयुक्त रुपमा बताए।उक्त क्षेत्रीय बैठकमा नेपाल, बंगलादेश, भारत र इटालीको म्द्दछ अन्तर्राष्ट्रिय बोर्ड लायाजन गरि करिब १०० जोन्टियनहरू सहभागी थिए । जोन्टा इन्टरनेशनल म्द्दछ सम्पर्क अधिकृत सुश्री फर्नान्डा ग्यालोले सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसँग भेट्न र सुझावहरू प्राप्त गर्न पाउँदा आफूलाई गौरवान्वित भएको र सम्मानित महशुस भएको बताउनु भयो ।
    जोन्टा क्लब अफ काठमाडौं डिस्ट्रिक्ट २५ मा पर्छ जहाँँ नेपाल, भारत, श्रीलंका र बंगलादेश समावेश छन् ।
    सन् १९१९ मा न्यूयोर्कमा स्थापना भएको जोन्टा इन्टरनेशनल एक अग्रणी विश्वव्यापी संस्था हो जसले महिला अधिकारलाई मानवअधिकारको रूपमा मान्यता दिइनुपर्छ र हरेक महिलाले आफ्नो पूर्ण क्षमता हासिल गर्न सक्षम हुनुपर्छ भन्ने मान्यता राख्छ । जोन्टा इन्टरनेशनलले त्यस्तो संसारको परिकल्पना गर्छ जहाँ महिलाहरूको सबै स्रोतसाधनहरूमा पहुँच हुन्छ, र उनीहरुले पुरुषसँग समान रूपमा प्रतिनिधित्व गर्दै निर्णय लिने पदहरुमा पुग्छन् र कुनै पनि महिला हिंसाको डरमा बस्नुपर्दैन । यो विश्वभरका ६३ वटा देशहरूका १२०० जोन्टा क्लबहरूमा सहभागि २९,००० भन्दा बढी जोन्टियनहरूको व्यावसायिकता र फेलोशिप तथा जोन्टाका संस्थापकहरूको दूरदर्शीता मार्फत हासिल भइरहेको छ ।
    जोन्टा क्लब काठमाडौं आधिकारिक रूपमा जोन्टा इन्टरनेशनल अन्तर्गत चार्टर्ड गरिएको थियो र २०१२ मा स्थापना भएको थियो। यो कानुनी रूपमा दर्ता भएको काठमाडौंस्थित एनजीओ हो, जसमा सामाजिक कार्यकर्ता, बैंकर, उद्यमी, डाक्टर, वकिल, वास्तुविद्, सफल व्यापारीहरु र पेशाकर्मीलगायत विभिन्न पृष्ठभूमिका ६२ जना सदस्यहरू छन् । राष्ट्रिय तथा स्थानीय तहमा हुने महिला हिंसा विरुद्ध आवाज उठाउन र आर्थिक, शैक्षिक, स्वास्थ्य र युवा तथा महिला हिंसासम्बन्धी समस्याहरूलाई सुधार गर्ने उद्देश्यले यस संस्थामा स्वेच्छिक रूपमा सेवा र वकालत गर्न सदस्यहरु आउँछन् ।

    प्रतिकृया दिनुहोस्