News Portal

  • नेपाल र चीनबीच ९ बुँदे समझदारीमा हस्ताक्षर

    आर्थीकसंसार संवाददाता१२ चैत्र, २०७८
    ८९९ पटक
    १२ चैत्र, २०७८

    काठमाडौं । नेपाल र चीनबीच ९ बुँदे समझादारी पत्रमा हस्ताक्षर भएको छ ।
    तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री डा नारायण खड्काको उपस्थितिमा दुई देशबीच ९ बुँदे समझादारीपत्रमा हस्ताक्षर भएको हो । आर्थिक तथा प्राविधिक सहयोग, प्रशारण लाइनको सम्भाव्यता अध्ययन, चिनियाँ स्वाथ्यकर्मीको टोलीले नेपालमा सेवा प्रवाह गर्ने, मर्मत एवम् स्तरोन्नति गरिएको अरनिको राजमार्ग हस्तान्तरण र घाँस निर्यातलगायत विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको हो जनाईएको छ ।

    परारष्ट्र मन्त्रालयका अनुसार दुई देशीय रेल सञ्चालनार्थ सम्भाव्यता अध्ययन तथा नेपाली सामानहरूलाई भन्सार छुटलगायतका विषयहरू छन्।
    कार्यक्रममा नेपालका तर्फबाट परराष्ट्रमन्त्री खड्का नेतृत्वको २५ सदस्यीय प्रतिनिधिमण्डलमा परराष्ट्र, अर्थ, पर्यटन, गृह, ऊर्जा, कृषि, उद्योग, भूमि व्यवस्था, यातायात, स्वास्थ्य मन्त्रालयका सचिवसहित परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी थिए ।
    चिनियाँ पक्षबाट विदेशमन्त्री वाङ नेतृत्वको १७ सदस्यीय प्रतिनिधि मण्डलमा नेपालका लागि चीनका राजदूत हउ यान्छी लगायतका उच्च अधिकारी थिए ।

     

    प्रतिकृया दिनुहोस्