News Portal

  • महालक्ष्मी विकास बैंकका ग्राहकलाई अरिकल ईभेन्टस्मा छुट

    आर्थीकसंसार संवाददाता११ चैत्र, २०७८
    ३६४ पटक
    ११ चैत्र, २०७८

    काठमाडाैं । महालक्ष्मी विकास र अरिकल ईभेन्टस्बीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
    उक्त सम्झौता पश्चात महाराजगञ्जकाे नारायण गोपाल चोकमा अवस्थित अरिकल ईभेन्टस्मा बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले विभिन्न खानाका परिकारहरुमा आर्कषक छुट प्राप्त गर्नेछन् ।
    यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको जनाएकाे छ ।
    यस बैंकले कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्