News Portal

  • ग्रिन भेन्चर्सको आइपिओ निष्काशन

    आर्थीकसंसार संवाददाता८ चैत्र, २०७८
    ६८९ पटक
    ८ चैत्र, २०७८

    काठमाडदं । ग्रिन भेन्चर्सले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गरेको छ । कम्पनीले सर्वसाधारणका लागि प्रति कित्ता १०० रुपैयाँको दरमा २८ लाख ७५ हजार कित्ता आइपिओ निष्काशन गरेको हो ।
    सर्वसाधारण समुह तर्फको ३१ लाख २५ हजार कित्ता मध्ये ५ प्रतिशत अर्थात एक लाख ५६ हजार २५० कित्ता सामुहिक लगानीकोषका लागि सुरक्षित गरिएको छ । त्यस्तै कर्मचारीका लागि ३ प्रतिशत अर्थात   ९३ हजार ७५० कित्ता सुरक्षित गरिएको छ । कर्मचारी र सामुहिक लगानीकोषका लागि बाँडफाँड गरेर बाँकी रहेको २८ लाख ७५ हजार कित्ता सर्वसाधारणका लागि चैत ११ गतेसम्म बिक्री खुला गरिने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक लक्ष्मी क्यापिटल मार्केटले जनाएको छ ।
    सर्वसाधारण लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । तर प्राथमिक शेयरमा लगानीकर्ताको आकर्षण हेर्दा अधिकतम १० कित्ता भन्दा धेरैको लागि आवेदन दिनु उचित छैन । पछिल्लो समय निष्काशन भएका प्राथमिक शेयरमा २५ लाख भन्दा धेरैको आवेदन पर्दै आएकाले यसमा १० कित्ताको लागि मात्रै आवेदन दिनु उपयुक्त हुन्छ ।कम्पनीले ओखलढुङ्गा जिल्लामा ५२.४ मेगावाट क्षमताको लिखु ४ जलविद्युत आयोजना निर्माण गरेको छ । आयोजनाको निर्माण कार्य सम्पन्न भएर विद्युत उत्पादन सुरु गरिसकेको छ । आयोजना निर्माणको लागि १२ अर्ब ८ करोड रुपैयाँ लागेको छ । यस आधारमा प्रतिमेगावाट लागत २३ करोड ५ लाख रुपैयाँ पर्न जान्छ ।

    प्रतिकृया दिनुहोस्