News Portal

  • एसिड आक्रमणविरुद्ध नबिलले थाल्यो बसन्ती प्रेरणादायी पात्र अभियान

    आर्थीकसंसार संवाददाता८ चैत्र, २०७८
    ८०५ पटक
    ८ चैत्र, २०७८

    काठमाडौं । एसिड आक्रमणबाट बाँच्न सफल भएकी बसन्ती परियारको वास्तविक जीवनमा आधारित रहेर नबिल बैंकले एक सामाजिक सचेतना अभियान सुरु गरेको छ ।
    एसिड आक्रमणसँगै ६ पटकसम्म चक्कु प्रहारबाट गम्भीर बनेकी बसन्तीको नाममा नबिल बैंकले सामाजिक कार्यको सुरुवात गरेको जनाएको छ । बसन्ती प्रेरणादायक महिलाको रुपमा अघि बढिरहेकी पात्र हुन् ।
    बसन्तीको आँट, साहस, बहादुरी र आत्मविश्वासी अभियानलाई साथ दिन नबिल बैंकले यो पहल गरेको हो । यो अभियानमार्फत नबिलले मानिसको भित्री रुपको शक्ति र सामर्थ्यलाई जोड दिने सन्देशसहित यो अभियान मार्फत सौन्दर्यलाई नयाँ तरिकाले चित्रण गर्ने उदेश्य राखेको छ । यसबाहेक, नबिल एसिड आक्रमणको अँध्यारो र उज्यालो पक्षहरूलाई उजागर गर्ने प्रयास गर्ने जनाएको छ ।
    यस अभियानको सुरुवात गर्न बैंकले बसन्तीलाई चित्रण गर्ने सचेतनामूलक भिडियो तयार गरेको छ । यसै सिलसिलामा बैंकले चैत २२ गते विभिन्न क्षेत्रका विज्ञहरूलाई प्यानल राखेर एक छलफलको आयोजना गर्दैछ ।
    एसिड आक्रमण पीडितहरूमा आत्मविश्वास बढाउन र एसिड आक्रमणको बारेमा आम जागरूकता बढाउन यो छलफलले सहयोग पुग्ने विश्वास गरिएको छ ।
    बसन्ती मोडेल मात्र होइनन्, प्रेरणादायी पात्र हुन् भन्ने सन्देशसहितको नबिलको यो अभियानले एसिड आक्रमण जस्ता आपराधको अन्त्यका लागि एक सामूहिक सन्देश दिन खोजेको जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस्