News Portal

  • मुक्तिनाथ विकास बैंकद्वारा मृतकको ऋण मिनाहा

    आर्थीकसंसार संवाददाता१८ भदौ, २०७७
    ७५७ पटक
    १८ भदौ, २०७७

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले ऋणदाताको निधन भएपछि मृतकको ऋण मिनाहा गरिदिएको छ । बैंकको कार्यालय थारमारेबाट ऋण लिएकी ऋणदाता दीपा रावतको बिरामी भएर ३९ वर्षको उमेरमा मृत्यु भएकोले बैंकले तिर्न बाँकी साँवा र व्याज रकम मिनाहा गर्नुका साथै तिरी सकेको साँवा व्याज तथा काजकिरिया बापतको रकम समेत हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
    बैंकले तिरिसकेको साँवा र व्याज बापतको रकम १ लाख ६४ हजार २ सय ३३ रुपैयाँ र काजक्रीया बापतको रकम ५ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । त्यस्तै, उनले तिर्न बाँकी रहेको कर्जा १ लाख १७ हजार २ सय १९ रुपैयाँ पनि मिनाह गरेको बैंकले जनाएको छ । उक्त रकम स्वर्गीय दिपा रावतको श्रीमान तिलक राम रावतलाई शारदा नगरपालिका–१३ का वडा अध्यक्ष तुल्सीराम रावतद्वारा रावतको घरमा पुगि हस्तान्तरण गरेको हो । यस अघि पनि उक्त बैंकले करीव ६ लाख बराबरको ऋण मिनाह तथा राहत वितरण गरेको थियो ।

    प्रतिकृया दिनुहोस्