काठमाडौं । बेष्ट फाइनान्सको २५औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका संचालक समितिका अध्यक्ष खिमलाल पौडेलको सभापतित्वमा नेपाल प्रज्ञा प्रतिष्ठान,कमलादीमा सभा सम्पन्न भएको हो ।
सभाले कम्पनीको आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/०७८ को बार्षिक वित्तीय विवरण २०७७ आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब लगायत बार्षिक वित्तीय विवरणसंग सम्बन्धित अनुसूचीहरु समेत छलफल गरी पारित गरेको छ । साथै आर्थिक वर्ष २०७८/ २०७९ का लागि लेखापरिक्षकको नियूक्तीको प्रस्ताव समेत पारित गरेको छ ।
सभामा शेयरधनी महानूभावहरुले राखेका प्रश्न एवं जिज्ञासाहरुको जवाफ संस्थाका अध्यक्ष खिमलाल पौडेलले दिएका थिए । संस्थाको भावी योजना सम्बन्धमा प्रमूख कार्यकारी अधिकृत उमेशसिंह भण्डारीले प्रकाश पारेका थिए ।
आर्थिक तथा पर्यटकीय नगरी चितवनको नारायणगढ, सहिदचोकमा १५औं शाखा विस्तार गरेको यस फाइनान्सले निकट भविष्यमा बाग्लुङको गलकोट, प्रदेश नं. २ को विरगंज तथा प्रदेश नं. १ को इटहरी सहित अन्य जिल्लाहरुमा शाखा कार्यालय खोल्ने योजना रहेको बताइएको छ ।
बेष्ट फाइनान्सको २५औं बार्षिक साधारणसभा सम्पन्न
आर्थीकसंसार संवाददाता५ चैत्र, २०७८
५ चैत्र, २०७८- विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकको २० लाख सहयोग
- एलआईसी नेपालको हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा
- स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
- सिटिजन्स बैंकको सेयर १०२ रुपैयाँमै किन्ने मौका
- नेपाल बैंकका कर्मचारी र ग्राहकले सिद्धि पोली प्याथ ल्याबमा १०% छुट पाउने, यस्ता छन् सेवाहरू
- मेरो माइक्रोफाइनान्सको अध्यक्षमा पाण्डे र सञ्चालकमा मुलेपती नियुक्त
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिँदै
- कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सहयोग हस्तान्तरण
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता