News Portal

  • महालक्ष्मी विकास बैंकद्वारा नन्दी माध्यमिक विद्यालयलाई ५० हजार सहयोग

    आर्थीकसंसार संवाददाता३० फागुन, २०७८
    ६७५ पटक
    ३० फागुन, २०७८

    काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नक्सालको श्री नन्दी माध्यमिक विद्यालयलाई सहयोग गरेको छ । बैंकले विद्यालयलाई खेलकुदका सामाग्री तथा पानी ट्याङ्कीका लागि ५० हजार बरारबरको सहयोग गरको हो ।
    विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई गुणस्तरिय शिक्षा सँगसँगै शारिरिक तथा बौद्घिक विकासकालागी खेलकुद अपरिहार्य भएको र कोभिड ̵ १९ को जोखिमलाई न्युनिकरण तथा अन्य संक्रमित रोगबाट बच्न सहयोग पुग्ने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको कुरा दरबारमार्ग शाखा प्रबन्धक प्रकाश घिमिरेले बताए ।
    यस सहयोगबाट विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरुको स्वस्थ जिवनयापनमा मद्दत पुग्ने विश्वास बैंकले लिएको उनले बताए ।
    यस बैंकले कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्