News Portal

  • महालक्ष्मी विकास बैंकका ग्राहकलाई रेट्रो होटल एण्ड स्पामा छुट

    आर्थीकसंसार संवाददाता२९ फागुन, २०७८
    ६४६ पटक
    २९ फागुन, २०७८

    काठमाडौं । महालक्ष्मी विकास बैंक र रेट्रो होटल एण्ड स्पाबिच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
    उक्त सम्झौता अनुसार महालक्ष्मी विकास बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुहुने ग्राहकहरुले विभिन्न सेवाहरुमा आकर्षक छुट पाउनेछन् ।
    यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको जनाएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपालीलाई साक्षात्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
    यस बैंकले कुल १०३ वटा शाखाहर मार्फत करिब ६ लाख ग्राहकहरुलाई वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्