काठमाडौं । सिभिल बैंकले ओखलढुङ्गा जिल्लाको रुम्जाटारस्थित यातायात व्यवस्था कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।
उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन भौतिक पूर्वाधार विकास मन्त्रालयका भुतपूर्व मन्त्री अम्बिर बाबु गुरुङले गरे ।
योसँगैं अब त्यस रुम्जाटारका सेवाग्राहीहरुले यातायात व्यवस्था कार्यालयसँग सम्वन्धित सम्पूर्ण कर तथा दस्तुरहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्फत सजिलैसँग गर्न सक्नेछन ।
बैंकले हालसम्म करिव सात लाख ग्राहकहरुलाई ११५ शाखाहरु, ११ एक्सटेन्सन काउन्टरहरु तथा ९७ एटिएमहरु मार्फत सम्पुर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।
करिव सात लाख ग्राहकहरुलाई ११५ शाखाहरु, ११ एक्सटेन्सन काउन्टरहरु तथा ९७ एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले यस एक्सटेन्सन काउन्टर सहित ११ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ । जसमध्ये ७ वटा एक्सटेन्सन काउन्टरहरु नेपाल सरकारको कर तथा राजश्व संकलन गर्न स्थापित गरिएको हो । बैंकले हालसम्म करिब ८९ अर्बभन्दा बढी निक्षेप परिचालन गरी ९० अर्बभन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।
सिभिल बैंकको एक्सटेन्सन काउन्टर ओखलढुङ्गाकाे रुम्जाटारमा
आर्थीकसंसार संवाददाता
- मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग गर्यो सम्झौता
- स्थापना दिवसको अवसरमा ओरिएण्टल इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न
- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो सातौं वार्षिकोत्सव
- मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन
- कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना
- हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी
- एनसेलबाट रकम असुली गर्नुपर्दैन ? : सांसद भण्डारी
- मेट लाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ अवस्था बुझ्न सकिने
- मुक्तिनाथ बैंकका ग्राहकलाई ‘त्रिशूली बीच रिर्सोट’मा १५ प्रतिशतसम्म छुट
- बीमा व्यवसायीले भने- सञ्चालकको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक