News Portal

  • देशभर १ हजार १ सय २० कोरोना संक्रमित थपिए

    आर्थिकसंसार संवाददाता१७ भदौ, २०७७
    ८५४ पटक
    १७ भदौ, २०७७

    काठमाडौं । पछिल्लोे २४ घण्टामा देशभर ३ सय २० महिला र ८०० पुरुष गरी १ हजार १ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यस्तै हालसम्म देशभर कुल संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
    गौतमका अनुसार आज काठमाडौं उपत्यकामा थप ३ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३ सय ५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जना रहेका छन् । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १०८ रहेको छ । यस्तै संस्थागत आइसोलेशनमा १० हजार ४ सय ९३ रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ६१५ जना रहेका छन् ।
    यसैगरी बितेको २४ घण्टामा १ हजार ११२ जना निको भएका छन् भने देशभर कुल निको हुनेको संख्या २३ हजार २ सय ९० पुगेको छ ।
    आजसम्म देशभरी संक्रमितको संख्या १८ हजार १ सय ८ जना रहेका छन् । प्रदेश नम्बर १ मा १ हजार १ सय ३८, प्रदेश नम्बर २ मा १ हजार १ सय २७, बागमती प्रदेशमा ५ हजार ६७ र गण्डकी प्रदेशमा ६ सय ३९ जना सक्रिय संक्रमित रहेका छन् । प्रदेश नम्बर ५ मा १ हजार २ सय ५२, कर्णाली प्रदेशमा ३ सय ५० र सुदूरपश्चिम प्रदेशमा ९ सय २० जना गरी देशभरी संस्थागत आइसोलेसनमा १० हजार ४ सय ९३ जना रहेका छन् ।
    यस्तै प्रदेश नम्बर १ मा ६ सय ७६, प्रदेश नम्बर २ मा ४ हजार १ सय ३, बागमती प्रदेशमा २ हजार १ सय ७६ र गण्डकी प्रदेशमा ३८ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ सय ७, कर्णाली प्रदेशमा ७७ र सुदूरपश्चिम प्रदेशमा १ सय ३८ जना गरी देशभरी होम आइसोलेसनमा ७ हजार ६ सय १५ जना रहेका छन् । आइसियुमा १ सय ४४ जना संक्रमित र भेन्टिलेटरमा १८ जना उपचाररत रहेका छन् ।
    यसैगरी डिस्चार्ज हुनेमा प्रदेश नम्बर १ मा १ हजार ७ सय ८७, प्रदेश नम्बर २ मा ६ हजार ३४, बागमती प्रदेशमा १ हजार ५ सय ६९ र गण्डकी प्रदेशमा १ हजार ७ सय ९ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ५ हजार ६६, कर्णाली प्रदेशमा २ हजार १ सय ३७ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ९ सय ८८ गरी देशभरी गरी आजसम्म २३ हजार २ सय ९० जना संक्रमण मुक्त भएका छन् । क्वारेन्टिनमा ६ हजार ७ सय ६६ जना रहेका छन् । मन्त्रालयले ५ सय भन्दा बढी संक्रमित रहेका जिल्लामा निषेधाज्ञा गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई अनुरोध गरेको छ ।
    यसैबीच देशभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ सय ५१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएसँगै मृतकको संख्या २ सय ५१ पुगेको हो ।

    प्रतिकृया दिनुहोस्