News Portal

  • पोखरा फाइनान्समा दुई जना सञ्चालक नियुक्त

    आर्थीकसंसार संवाददाता२७ फागुन, २०७८
    ९८१ पटक
    २७ फागुन, २०७८

    काठमाडौं । पोखरा फाइनान्स लिमिटेडमा दुई जना सञ्चालक नियुक्त भएका छन् । कम्पनीको फागुन २६ गते सम्पन्न सञ्चालक समितिको बैठकले संस्थापक समूहको रिक्त रहेको सञ्चालक पदमा डा. दीर्घमान गुरूङलाई फागुन २६ गतेदेखि लागू हुने गरी बाँकी कार्यकालको लागि नियुक्त गरेको हो ।
    त्यसैगरी, सोही बैठकले रिक्त स्वतन्त्र सञ्चालक पदमा फागुन २६ गतेदेखि लागू हुने गरी प्रकाश गुरुङलाई आगामी ४ वर्षको लागि नियुक्त गरेको कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्