News Portal

  • सेञ्चुरी कमर्सियल बैंकद्धारा दुई संस्थालाई सहयोग

    आर्थीकसंसार संवाददाता२६ फागुन, २०७८
    ५३३ पटक
    २६ फागुन, २०७८

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ११ औं स्थापना दिवसको पूर्वसन्धामा भक्तपुर सिसीटिभी जडान समितिलाई १ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । सहयोग रकम बैंकका बागमती प्रदेश प्रमुख दीपेन्द्रबाबु विष्टले महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रमुख शिवकुमार श्रेष्ठको उपस्थितिमा परिसर कार्यलयमा भक्तपुर जिल्ला सिसीटिभी जडान समितिका कोषाध्यक्ष नवीन प्रजापतिलाई हस्तान्तरण गरे ।
    कार्यक्रममा बैंकका बागमती प्रदेश उपप्रमुख प्रचिता श्रेष्ठ, सुकुलढोका शाखा प्रमुख सुकेश शाक्य र भक्तपुर शाखा प्रमुख उषा खाँण सहभागी थिए । आर्थिक सहयोगबाट भक्तपुरको अपराध अनुसन्धान र अपराध नियन्त्रणलाई परिणाममुखी र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास बैंकको छ । बैंकको धुलिखेल शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ज्येष्ठ नागरिक सेवा केन्द्र काभ्रे धुलिखेललाई एक दर्जन कुर्सी, दुई वटा टेबल र एक थान दराजलगायत फर्निचर सामान उपलब्ध गराएको छ ।
    ज्येष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष दिलसुन्दर श्रेष्ठ सहभागी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको पनि उपस्थिति थियो ।

    प्रतिकृया दिनुहोस्