News Portal

  • महालक्ष्मी बैंकद्वारा ईलाका प्रहरी कार्यालयलाई आरओ प्लान्ट हस्तान्तरण

    आर्थीकसंसार संवाददाता२३ फागुन, २०७८
    ६५५ पटक
    २३ फागुन, २०७८

    काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पुर्याउने उद्देश्यका साथ ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ कार्यक्रम संचालन गर्दै आइरहेको छ ।
    सोही कार्यलाई निरन्तरता दिँदै यस महालक्ष्मी विकास बैंक लिमिटेडको पकडी शाखाले एक विशेष कार्यक्रमका बीच ईलाका प्रहरी कार्यालय पकडीलाई शुद्घ पिउने पानी व्यवस्थापनका लागि स्वचालित विद्युतीय आरओ प्लान्ट हस्तान्तरण गरेको हो ।
    स्वस्थ जीवनयापनका लागि शुद्ध खानेपानी अति आवश्यक रहेको बताउँदै पकडी शाखा प्रबन्धक दिपेश्वर अर्यालले ईलाका प्रहरी कार्यालयमा आउने सेवाग्राही तथा कार्यालयका कर्मचारीसमेत लाभान्वित हुने उद्देश्यले आरओ प्लान्ट हस्तान्तरण गरिएको कुरा बताए ।
    उक्त हस्तान्तरण कार्यक्रममा समाजसेवी, कर्मचारी, उद्योगी, व्यापारी, सुरक्षाकर्मी, पत्रकार तथा स्थानीयहरुकोे उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्