News Portal

  • सहकारीको लागि कुप कार्ड जारी गर्न सम्झौता

    आर्थीकसंसार संवाददाता२२ फागुन, २०७८
    ११०५ पटक
    २२ फागुन, २०७८

    काठमाडौं । ग्लोबल आइएमई बैंक, राष्ट्रिय सहकारी बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच त्रिपक्षीय सम्झौता भएको छ । सहकारीहरुका लागि सहकारी पहिचान सहितको कुप कार्ड जारी गर्नेसम्बन्धी तीन संस्थाबीच त्रिपक्षीय सम्झौता भएको हो ।
    आइतबार आयोजित एक कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, स्मार्टच्वाइस टेक्नोलोजिजको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र राष्ट्रिय सहकारी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाइले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
    बढदै गएको सहकारीको भूमिका र कारोबार समेतलाई मध्ये नजर गर्दै सहकारीहरुले पनि न्यूनतम लागतमा सहजै एटिएम कार्ड जारी गर्न सक्ने प्रविधि र प्रकियाका साथ ग्लोबल आइएमई बैंकको प्रायोजनमा कुप कार्ड जारी गर्न लागिएको हो ।
    ग्लोबल आइएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंक मार्फत यसका सदस्य सहकारीहरुले कुप कार्ड जारी गर्नेछन । यसका लागि एससिटीले चाइना युनियन पेसँग सहकार्य गर्दै आएको छ ।
    सहकारीका सबै सदस्यलाई सेवा पुर्याउँदै यसलाई अझ बढि प्रभावकारी बनाउन राष्ट्रिय सहकारी बैंकको सहकार्यमा बैंकमा आवद्ध सम्पूर्ण सहकारीहरुलाई एउटै ब्राण्डको कुप कार्ड जारी गर्न लागेको हो । यसरी प्रदान गर्ने कार्ड अन्तर्राष्ट्रियस्तरको चिप कार्ड र कन्टाक्टलेश प्रविधिमा आधारित हुनेछ भने नेपाल तथा भारतका एटिएम तथा पिओएस मार्फत सहजै चलाउन सकिनेछ ।
    यस सहकार्य पश्चात सम्पूर्ण सहकारीहरुले राष्ट्रिय सहकारी बैंकमा सम्पर्क गरी कुप कार्ड जारी गर्न सक्नेछन ।

     

    प्रतिकृया दिनुहोस्