काठमाडौं । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्षदेखि सरल, सहज र भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) ले ग्राहकहरु माझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको छ । यसै क्रममा चितवनको भरतपुरमा अवस्थित नारायणी सामुदयिक अस्पतालमा यस बैंकका भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरुलाई थप सेवा सुविधा प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ ।
यस सम्झौतामार्पmत बैंकको भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरुलाई चितवनको भरतपुरमा अवस्थित नारायणी सामुदयिक अस्पतालमा बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गमार्पmत भुक्तानी गर्दा ओपीडी र अन्य सेवाहरु (औषधि, सीटी स्क्यान र प्रत्यारोपण बिक्रीबाहेक) मा १० प्रतिशत छुट प्राप्त हुनेछ ।
देशैभर शाखा सञ्जाल रहेको एनसीसी बैंकले ७ वटै प्रदेश गरी १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएममार्फत ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्षदेखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ ।
एनसीसी बैंक र नारायणी सामुदयिक अस्पतालबीच सम्झौता
आर्थीकसंसार संवाददाता२२ फागुन, २०७८
२२ फागुन, २०७८- विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकको २० लाख सहयोग
- एलआईसी नेपालको हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा
- स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
- सिटिजन्स बैंकको सेयर १०२ रुपैयाँमै किन्ने मौका
- मेरो माइक्रोफाइनान्सको अध्यक्षमा पाण्डे र सञ्चालकमा मुलेपती नियुक्त
- नेपाल बैंकका कर्मचारी र ग्राहकले सिद्धि पोली प्याथ ल्याबमा १०% छुट पाउने, यस्ता छन् सेवाहरू
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिँदै
- कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सहयोग हस्तान्तरण
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता